2025-12-07 10:20 am

किन तुहिन्छ गर्भ ?

गर्भ तुहिनु भनेको गर्भमा रहेको भ्रूण वा शिशु पछिल्लो पटक महिनावारी भएदेखि २८ हप्तासम्ममा गर्भाशयबाट बाहिर निस्कनु हो ।

यस्तै महिलाको इच्छा अनुसार सुरक्षित तरिकारले तालिमप्राप्त स्वास्थ्यकर्मीको सहयोगमा पनि गर्भपतन गराउन पाइने व्यवस्था रहन्छ । आमाको गर्भबाट कुनै शिशु बाच्न योग्य नहुँदै गर्भबाट बाहिर निस्कियो भने त्यसलाई गर्भ तुहिनु भनिन्छ ।

गर्भ आफै तुहिनुको प्रमुख कारण यी हुन्

गर्भावस्थामा महिलाले गह्रौं काम गर्दा,

गर्भअस्थामा गम्भिर चोटपटक लागेमा,

गर्भवती महिलाले जथाभावी औषधिको प्रयोग गरेमा,

शरीरमा हर्मोन असन्तुलन भएमा,

गर्भवती महिलामा यौनजन्य रोग लागेमा,

गर्भवती महिलाको पाठेघर असामान्य भएमा,

पाठेघरभित्र अनावश्यक तन्तुहरु वृद्धि भएमा,

उमेर नपुगी गर्भधारण भएमा,

– गर्भको भ्रुणमा क्रोमोजोम खराब भएमा गर्भ तुहिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad