2025-12-07 9:23 am

दशैँमा घर जानलाई टिकट नपाए पछि यात्रु निराश

दसैं नजिकिँदै जाँदा यात्रुले टिकट नपाएको गुनासो गरेका छन् । दसैंको मुखमा घर जाने तयारीमा रहेका यात्रु टिकट नपाउँदा निराश छन् । 

पूर्व, पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम सबैतिरका यात्रुले टिकट काट्न जाँदा बुक भइसकेको सूचना पाउने गरेको बताए । काठमाडौंबाट नजिक रहेका जिल्लाहरुका लागि भने शुक्रबारबाट टिकट बुकिङ खुल्दै छ । पोखरा जाने यात्रुले सुन्धरा र नयाँ बसपार्कबाट टिकट लिन पाउनेछन् ।

गोरखाका लागि पनि शुक्रबार नै टिकट खुला भएको छ । यो समाचार कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad