यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

दशैँमा घर जानलाई टिकट नपाए पछि यात्रु निराश


दसैं नजिकिँदै जाँदा यात्रुले टिकट नपाएको गुनासो गरेका छन् । दसैंको मुखमा घर जाने तयारीमा रहेका यात्रु टिकट नपाउँदा निराश छन् ।

Advertisement
पूर्व, पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम सबैतिरका यात्रुले टिकट काट्न जाँदा बुक भइसकेको सूचना पाउने गरेको बताए । काठमाडौंबाट नजिक रहेका जिल्लाहरुका लागि भने शुक्रबारबाट टिकट बुकिङ खुल्दै छ । पोखरा जाने यात्रुले सुन्धरा र नयाँ बसपार्कबाट टिकट लिन पाउनेछन् ।
गोरखाका लागि पनि शुक्रबार नै टिकट खुला भएको छ । यो समाचार कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।