Menu

बागमती प्रदेश लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै

बागमती प्रदेश लिग फुटबल प्रतियोगिता आजदेखि मकवानपुरमा सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको प्रतियोगितामा बागमती प्रदेशको मकवानपुरसहित ११ जिल्लाको फुटबल टिमको सहभागिता रहने छ ।

हेटौंडा–५ स्थित पिपले क्याम्प रंगशालामा हुने उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब काठमाडौंले माउन्ट एभरेस्ट एफसी काभ्रेसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

प्रतियोगिता विजेता तथा उपविजेताले नगद २ लाख र १ लाख सिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । लिगमा यो वर्ष मकवानपुरबाट पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लब सहभागी हुने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad