Menu

थाहाका बिष्ट राप्तीमा मृत फेला

मकवानपुरको थाहा नगरपालिका डाँडागाउँका अनिल बिष्ट राप्ती खोलामा मृत अवस्थामा फेला परेका छन् । उनी आइतबार मनहरी गाउँपालिका–९ स्थित रजैयाको झोलुङ्गे पुलमुनी खोलामा मृत अवस्थामा फेला परेका हुन् ।

खोलामा डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । करिब २४÷२५ बर्षका जस्तो देखिने बिष्ट यता कहिले र किन आए भन्ने बिषयमा अनुसन्धान सुरु गरिएको मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए ।

बिष्टको टाउकोमा चोट समेत देखिएको छ । ‘मृत व्यक्तिको शरीर हेरेर खोलाले बगाएको हो वा मारेर फालेको हो भन्ने अनुमान गर्न सकिने स्थित रहेन’, प्रहरी उपरीक्षक सिंहले भने, ‘करिब तीन हप्ता अघि हेटौंडा–१९ सानान्टारस्थित आफन्तकोमा आएका उनी पछिल्लो समय किन र कहिले आए भन्ने बिषयमा अनुसन्धान सुरु गरेका छौँ ।’ मृतकको शब पोष्टमार्टमको लागि हेटौंडा अस्पताल पठाइएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad