नेकपा सचिवालय बैठकले तोक्यो ६ महानगरमा अध्यक्ष र सचिव

अनलाइन पत्र संवाददाता२०७६-०६-०४ No Comments

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले पार्टीको ६ ओटा महानगरपालिकाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ६ ओटा महानगरपालिकाका अध्यक्ष र सचिवको जिम्मेवारी टुंगो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। सचिवालयको निर्णयअनुसार काठमाडौं महानगरपालिकाको नेकपा पार्टी अध्यक्ष निर्मल देउजा बनेका छन्। सचिवको जिम्मेवारी रविन्द्र श्रेष्ठलाई दिइएको छ।

चितवन भरतपुर महानगरपालिकाको अध्यक्ष रामप्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटा बनेका छन्। ललितपुर महानगरपालिकाको अध्यक्षको जिम्मेवारीमा मञ्जरी कायश्थ छिन भने सचिवमा ज्ञानेन्द्र शाक्य रहेका छ। त्यस्तै, पोखरा महानगरपालिकाको अध्यक्षमा दिपक कोइराला र सचिव विश्वप्रकाश लामिछाने रहेका छन्। वीरगन्ज महानगरपालिकाको अध्यक्षको जिम्मेवारी रहबर अन्सारीलाई दिइएको छ भने सचिव विश्वम्भर शर्मा बनेका छन्। विराटनगर महानगरको अध्यक्षमा सागर थापा बनेका छन् भने सचिवको जिम्मेवारी हेम कार्कीलाई दिइएको छ। पार्टी एकीकरणका बाँकी काम सचिवालयको अर्को बैठकले सम्पन्न गर्ने प्रवक्ता श्रेष्ठले बताए।

By  अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad