बुधबार एक सयले बढेको सुनको मुल्य आज बिहिबार एक हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक हजारले बढेर ९३ हजार ७०० रुपैयाँ पुगेको हो । मंगलबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन बुधबार एक सय रुपैयाँले बढेको थियो।त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ काम गरिएको छ । आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार ३१५ पुगेको छ ।