हेटौंडा – ११ नवलपुरमा गएराती ट्रक र बस एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन् । जनकपुर बाट काठमाण्डौ तर्फ जादै गरेको ना ७ ख ८७६ नम्बरको यात्रु बाहक बस र बिपरित दिशा बाट आउदै गरेको प्रदेश २ – ०३००१ ख ५०३५ नम्बरको ट्रक एक आपसमा टोक्किँदा दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाईतेहरुको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । मृत्यु हुने दुई पुरुषको शनाखत भईनसकेको प्रहरीले बताएको छ । ट्रक चालक घाइते रहेकोले प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।