Comments Add Comment

तीन दिन भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह

Ad
Advertisement

जिल्ला प्रशासन कार्यालय तनहुँले तीन दिन भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अपिल गरेको छ । प्रशासनले बुधबारदेखि शुक्रबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । बुधबार सूचना जारी गर्दै प्रशासनले नदी तथा खोला छेउछाउ नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले बुधबार प्रकाशन गरेको मौसम बुलेटिनअनुसार भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, डुबान हुन सक्ने हुँदा उक्त घटनाबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा जारी सूचना अनुसार बाढीपहिरो र डुबान हुने क्षेत्रमा नजान, नदी खोलामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलनलगायतका कुनै पनि कार्य नगर्न र सेतीमादी, त्रिशूली, मस्र्याङ्दी नदीलगायत खोलाको छेउछाउ नजान आग्रह गरिएको छ । कुनै विपद्को घटना भएमा तत्काल जिल्ला आपतकालीन सञ्चालन केन्द्रको फोन नम्बर ०६५५६११६१, प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८५६०६७७७७, सहायक प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८५६००११११ र प्रहरी उपरीक्षकको फोन नम्बर ९८५६०६५५५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ । रासस

No tags found.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

👍 राम्रो
❤️ माया
😢 दुखेको
😡 क्रोधित

सम्बन्धित खवर

Ad
Ad