Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

यस्तो छ आजको मौसम पूर्वानुमान

Company Register

काठमाडौं – मनसुन सक्रिय भएसँगै देशभर सामान्य बदली रहनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

आज बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

साथसाथै देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ । भारी वर्षाको अनुमानसँगै महाशाखाले सतर्कता अपनाउन पनि आह्वान गरेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...