Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज २०७८ वैशाख १९ गते आइतवार, हेर्नुहोस् तपाईंको आजको राशिफल

Company Register

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मनपर्ने खानाको परिकार खान पाइनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

Advertisement

वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । स्वास्थ्य बिग्रने भएछ, सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज सेवामूलक कार्यबाट सफलता मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक जमघटमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ष प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा मन जानेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज व्यापार र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न रहनेछ, तर व्यापार व्यवसायमा नोक्सानी हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज मानसिक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा अवरोध हुने र मनमुटाव बढ्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज घरपरिवार सँग रमाइलो तरिकाले समय बित्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...