तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज घुम्न जाने अवसर मिल्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । दिनको उत्तरार्ध सुखद् रहनेछ, तर सामान हराउन चैं सक्छ ।

वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला । मनोरञ्जन पनि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च पनि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ पाईनेछ र मनोरञ्जनमा सहभागी पनि भाइनेछ ।