काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  आइतबार तोलामा ६ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाले घटेको हो । 

आइतबार प्रतितोला ९० हजार ६ रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज २ सय रुपैयाले घटेर तोलाको ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय ५० रुपैयामा कारोबार भइरहेको छ । 

त्यस्तै  आज चाँदीको मूल्य ५ रुपैयाले बढेर तोलाको १३ सय १५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।