शिक्षक सहकारीको एघारौं साधारण सभा शुरु – शनिवार पनि भेला नरोकिने

अनलाइन पत्र संवाददाता२०७७-०९-१० No Comments

शिक्षकहित बचत तथा ऋण सहकारीको ११औँ वार्षिक साधारण सभा शुक्रबारबाट शुरु भएको छ । शुक्रबारदेखि शुरु भएको साधारणसभा आगामी पुस १८ गतेसम्म सञ्चालन हुने छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण सहकारी विभागको निर्देशनअनुसार सहकारीले शुक्रबारबाट सदस्यलाई भेलामा सहभागी गराउन सुरु गरेको हो ।

सहकारीका अध्यक्ष सीताराम दाहालले सहकारीको हेटौंडा–२, ओमभवनस्थित कार्यालयमा पुस १० गतेदेखि पुस १८ गतेसम्म सदस्यलाई उपस्थित हुन तथा सल्लाह, सुझाव उपलब्ध गराउन अनुरोध गर्नुभएको हो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका राष्ट्रिय परिषद् सदस्य रमेशप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा सभाको उद्घाटन भएको हो । ६ सय ३६ जना सेयर सदस्य रहेको सहकारीमा सेयर पुँजी २८ लाख ३३ हजार रुपैयाँ रहेको सहकारीका सचिव अर्जुन पोखरेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार १ करोड ६९ लाख रुपैयाँ ऋण लगानी गरिएको छ भने १ करोड १६ लाख रुपैयाँ बचत संकलन गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक स‌गठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल, सल्लाहकार पिताम्वर वास्तोला, सहकारी सल्लाहकार लक्ष्मी गजुरेल, स‌गठन सहसचिव प्रतिमा गौतम, संगठन सह कोषाध्यक्ष चन्द्रादेवी लामा बल, संगठन प्रचार विभाग प्रमुख सुनील गौतम, हेटौंडा नगर ईन्चार्ज डीबि बर्तौला, लेखा समिति संयोजक अभिमन्यू गौतम, मनोज पोखरेल, पूर्णमान श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।

सहकारीका अध्यक्ष सीताराम दाहालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुर सहकारीका संस्थापक अध्यक्ष पुरुषोत्तम बानियाँ लगायतको आतिथ्यता रहेको थियो । अर्जुन पोखरेलले संचालन गर्नुभएको कार्यक्रममा सहकारीका ऋण उपसमिति संयोजक शिव प्रसाद लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Ad
Ad