Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हँगेरीका विदेशमन्त्रीको टोली आज नेपाल आउँदै

Company Register

हंगेरीका विदेश तथा वाणिज्य मन्त्री पिटर सिजारतो नेतृत्वको १२ सदस्यीय टोली आज नेपाल आउने भएको छ । विशेष विमानमार्फत टोली थाइल्याण्डबाट आज साँझ नेपाल आउने भएको हो । टोलीले नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग भेटवार्ता गर्ने जनाइएको छ । चीनसँगको सम्बन्धबाट यूरोप नै अलग हुन लागिरहेको तथा कोरोना महामारी बढिरहेका बेला परीक्षण नै नभएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन चीनसँग किन्ने सम्झौता गरिसकेको हँगेरीको टोली नेपाल आउनुलाई रहस्यपूर्ण मानिएको छ । नेपाल आउन लागेको टोलीले कम्बोडियाको पनि भ्रमण गरेको थियो ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...