यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

नेपालमा ३१,७२७ कोरोना संक्रमित होम आइसोलेसनमा


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ३१ हजार ७२७ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् । शुक्रबारसम्मको तथ्यांकअनुसार ४६ हजार ६९१ संक्रिय संक्रमितमध्ये ३१ हजार ७२७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार १ सय २७ जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश १ मा ५ हजार २ सय ५०, प्रदेश २ मा १ हजार ३ सय ३८, लुम्बिनी प्रदेशमा ३ हजार ७ सय ४०, सुदूरपश्चिम प्रदेशमा ९९५, गण्डकी प्रदेशमा १हजार ४२८ र कर्णाली प्रदेशमा ८४९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।