यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

राजेश र वर्षा नाचेको म्युजिक भिडियो रिलिज (भिडियो)


अभिनेता राजेश हमालले अभिनय गरेको म्युजिक भिडियो ‘मञ्जरी’ सार्वजनिक गरिएको छ । यो लोकदोहोरी गीत सोमवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । देवी घर्ती र प्रकाश पराजुलीको स्वर रहेको लोकदोहोरी गीतमा नवराज पन्तले शब्द रचना गरेका छन् । साथै गीतमा गायक पराजुलीले नै संगीत सिर्जना गरेका छन् । गीतमा संगीत संयोजन विश्वास नेपालले गरेका छन् ।

Advertisement
यस्तै गीतको भिडियोमा राजेश हमालले कम्मर मर्काएका छन् भने उनीसँग कलाकार वर्षा शिवाकोटी र प्रकाश सपूतको समेत अभिनय रहेको छ । भिडियोमा हमाललाई प्रमुख अतिथिका रुपमा प्रस्तुत गरिएको छ । यो गीतलाई प्रकाश जिसीले निर्माण गरेका हुन् भने देवेन्द्र बब्लुले भिडियोको निर्देशन गरेका हुन् । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोमा करण चैसिरको छायांकन देख्न सकिन्छ ।