यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

पछिल्लो २४ घण्टामा ४३६४ जनामा कोरोना संक्रमण पुष्टि, २६७५ जना डिस्चार्ज

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४३ सय ६४ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६१७ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा २६ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । यता, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १२ जनाको निधन भएको छ । योसँगै नेपालमा कुल ५९० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।