Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Coronavirus COVID-19

आज २०७७ असोज १७ गते शनिवारको राशिफल

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७७ असोज १७ शनिवार । इ.सं. 03 October 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० ञलगा । प्रमादीदक्षिणायनशरद ऋृतुअधिक आश्विन शुक्लपक्षतिथि प्रतिपदा , २७:२४ बजे उप्रान्त द्वितीया नक्षत्र रेवती , ०८:३५ बजे उप्रान्त अश्विनी योग व्याघात , २२:५० बजे उप्रान्त हर्षण करण तैतिल १६:२६ बजेदेखि गर , २९:२९ बजे उप्रान्त भद्रा चन्द्रराशि मीन । आनन्दादी योग धाता। दिनमान २९ घडी ३० पला । सूर्योदय ०५:५८ बजे । सूर्यास्त बेलुका १७:४६

द्वितीया, अधिक आश्विन कृष्णपक्ष

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । व्यापार व्यवसायमा प्रगति नै होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज सोचेजस्तो लाभ हासिल गर्न अझै केही समय कुर्नुपर्नेछ । द्रुत गतिमा सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ अत: सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज श्रमको उचित मुल्याङ्कन हुने र मनमा शान्ति छाउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम र बन्धन कसिने बेलाछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ हुने समय छ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाईनेछ । महिला वर्ग बाट विशेष सहयमेगपनि मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । शुभकार्यको चर्चा रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । प्रेममा मधुरता छाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधारपनि आउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज श्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...