काठमाडौं – सोमवार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको ले जनाएको छ ।

साेमबार जल तथा माैसम पूर्वानुमान महाशाखाले देशभर मध्यम तथा हल्का वर्षा हुने र केही प्रदेशमा भारी वर्षा हुनसक्ने जानकारी दिएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको छ । हाल देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।