Comments Add Comment

किन आउँछ डन्डिफोर ?

528476590

छालाको उपचारका लागि अस्पताल आउने बिरामीमध्ये धेरैजसो डन्डिफोरले हैरान पारेको समस्या सुनाउँछन् । डन्डिफोरको समस्या नभोग्ने सायदै होलान् । जीवनकालमा अधिकांश व्यक्तिले डन्डिफोरको समस्या भोगेका हुन्छन् । तर, कतिपयले डन्डिफोरलाई सामान्य ठानेर हेलचेक्राइँ गर्दा गम्भीर समस्या निम्तिएका छन् ।

डन्डिफोरको समस्या लिएर उपचारमा आउने प्रायःजसो महिला हुन्छन् । डन्डिफोर सौन्दर्यसँग जोडिने भएकाले, महिलालाई चिन्ता लाग्नु स्वभाविक पनि हो । तर, कतिपयले आज आएको डन्डिफोर तुरुन्तै भोलिपल्ट निको होस्, अनुहार सफा होस् भन्ने चाहना राख्छन् । त्यसैले केही मानिस डन्डिफोरको उपचारका लागि धेरै डाक्टरकोमा धाउँछन् । पहिलो कुरा के बुझ्नुपर्छ भने, डन्डिफोर तुरुन्तै निको भइहाल्ने हुँदैन ।

छालामा हुने एक प्रकारको तैलिय ग्रन्थीका कारण अनुहारमा डन्डिफोर आउने गर्छ। सामान्यतया छालालाई कोमल राख्नका लागि उक्त ग्रन्थीले चिल्लो पदार्थ पैदा गर्ने गर्छ। युवावस्थामा हर्मोनको गडबडीका कारण उक्त ग्रन्थीमा असन्तुलन आई डन्डिफोरले सताउने गर्छ।

महिनावारी अनियमित हुने महिलालाई पनि डन्डिफोरले सताउने गर्छ। त्यसैगरी अव्यवस्थित जीवनशैली, असन्तुलित खानपान, तनाव, अनिद्रा आदि कारणले पनि हर्मोनमा असन्तुलन हुन्छ। जसको फलस्वरुप डन्डिफोर आउने गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर