Comments Add Comment

अवैध मिर्गौला प्रत्यारोपणमा प्रहरीकै संलग्नता ! असई पक्राउ

चितवन कलेज अफ मेडिकल साइन्सेजमा नक्कली कागजात खडा गरी विदेशमा रहेका व्यक्तिको विवरण प्रयोग गरी तेस्रो व्यक्तिको मिर्गौला झिकिएको घटनामा प्रहरीको पनि संलग्नता पाइएको छ ।

यस घटनामा संलग्नताको आरोपमा प्रहरीले गुल्मी रेसुंगा नगरपालिका २ का प्रहरी सहायक निरीक्षक (असई) भीमप्रसाद ढकाललाई र यसअघि पनि मिर्गौला तस्करीमा मुछिएका निलम्बित प्रंहरी नायव निरीक्षक (सई) योगेन्द्रराज थपलिया पक्राउ परेका छन् । थपलिया यसअघि २०७६ साउनमा काभ्रे बाङ्थलीका विष्णु खड्काको भारतमा लगेर मिर्गौला निकाल्न लागिएको घटनामा पनि थपलियाको संलग्नता भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर