Comments Add Comment

आज डीभी चिठ्ठाको नतिजा प्रकाशन हुँदै, आफ्नो नतिजा यसरी हेर्नुहोस्

काठमाडौं – डीभी चिट्ठाको नतिजा आज शनिबार प्रकाशन हुने भएको छ। डीभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार शनिबार राति ०९:४५ बजे प्रकाशन हुने अमेरिकी दूतावासले जनाएको छ । त्यसका लागि आफ्नो Conformation नम्बर प्रयोग गरी नतिजा हेर्न सकिने दूतावासले जानकारी दिएको छ।

यदि तपाईंले सो नम्बर बिर्सनुभएको छ भनेपनि “Forgot Confirmation Number” मा क्लिक गरी मागेको आवश्यक विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जानकारी दिएको छ। ‘दूतावासले भनेको छ, ‘डीभीबारे फोन वा इमेलबाट गरिने सबै किसिमका सोधपुछ ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ।’

https://www.facebook.com/nepal.usembassy/posts/2936172329753140

अमेरिकामा रहेका नेपालीले ९७०३०९८८९३४२८ मा सम्पर्क गरी सोधपुछ गर्न सक्ने दूतावासको सूचनामा उल्लेख छ। दूतावासले डीभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने दूतावासले जनाएको छ।

नतिजा चेक गरेको पैसा लाग्दैन। डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिने हुनाले यसमा अन्य कुनै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदैन। इडिभी परेको र नपरेको थाहा पाउनका लागि  यो लिंक मा क्लिक गरि हेर्न सक्नु हुनेछ www.dvprogram.state.gov

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर