Coronavirus COVID-19

आज २१ औँ राष्ट्रिय चलचित्र पत्रकारिता दिवस

[Ads]

काठमाडौ – आज जेठ ७ गते चलचित्र पत्रकारहरुले आज २१औँ चलचित्र पत्रकारिता दिवस मनाइरहेका छन् । नेपाल चलचित्र पत्रकार संघले हरेक वर्ष समारोह आयोजना गरि वार्षिकोत्सव मनाउँदै आएको छ । तर, यस वर्षको स्थापना दिवस लकडाउनका कारण स्थगित भएको छ । यस वर्ष कुनै पनि समारोह आयोजना नहुने भएपछि संघका सदस्यहरू भर्चुअल्ली अन्तक्रिया गरेर वार्षिकोत्सव मनाउँदै छन् ।

संघले हरेक वर्ष ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ प्रदान गर्दै आएको छ जुन यस वर्ष रोकिएको छ । अर्को वर्ष पुरस्कार राशि बढाउने तथा मोफसलबाट थप एक जनालाई समेत ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गर्ने बताइएको छ ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...