पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् , २०७७ जेठ ०३ गते को राशिफल

अनलाइन पत्र संवाददाता२०७७-०२-०३ No Comments

आजको पञ्चाङ्ग

बि.सं. २०७७ जेठ ०३ गते सनिबार ।  इ.सं. 16 May 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्वप्रमादीउत्तरायण । ग्रीष्म ऋृतु । ज्येष्ठ कृष्णपक्ष । तिथि नवमी , १२:२१ बजे उप्रान्त दशमी । नक्षत्र शतभिषा , १३:१२ बजे उप्रान्त पूर्वभाद्रपदा । योग वैधृति , २८:३१ बजे उप्रान्त विष्कम्भ । करण गर १२:२१ बजेदेखि वणिज , २५:२९ बजे उप्रान्त वालव । चन्द्रराशि कुम्भ । आनन्दादी योग आनन्द । दिनमान ३३ घडी ४३ पला । सूर्योदय ०५: १६ बजे । सूर्यास्त १८: ४५ बजे ।

पञ्चक।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाईनेछ ।      

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनेछ ।         

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्नेछ । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्नेछ ।         

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । यात्रा गर्दा बाटोमा दुख हुन सक्छ ।     

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिएला र त्यसबाट लाभपनि मिल्नेछ ।  

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

सेवा गर्ने अवसर जुट्न सक्छ । वाणीमा कुशलता आउनेछ । करियरको क्षेत्रमा साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।            

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मनमा हर्ष र प्रसन्नताका हुन सक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।    

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

नाता–कुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिनपनि सक्ने सम्भावना छ । परिवारमा रमाइलो वातावरण छाउनेछ ।  

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

लाभ,हानी,आय,व्यय,सुख,दु:ख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।          

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज घर परिवारप्रति जिम्मेवारी बढ्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । कृषि कार्यमा सफलता हात लाग्नेछ ।            

मीन (दि, दु, , , , दे, दो, चा, चि)

औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।   ज्यो.प. नारायण प्रसाद दुलाल

Ad
Ad