काठमाडाैं – नेपालमा भयावह बन्दै काेराेना गएकाे छ । मंगलबार एकै दिन ५७ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरेको परीक्षण अनुसार ५७ जनामा कोरोना पुष्टि भएको छ । ति सबै पुरूष रहेका छन् । संक्रमित मध्ये पर्सामा ३९ जना, कपिलवस्तुमा ८ जना, रूपन्देहीमा ९ जना रहेका छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

Image may contain: text