Comments Add Comment

पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् , २०७७ वैशाख २७ गते को राशिफल

आजको पञ्चाङ्ग

बि.सं. २०७७ वैशाख २७ गते शनिवार ।  इ.सं. 09 May 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्वप्रमादीउत्तरायण वसन्त ऋृतु वैशाख शुक्लपक्ष तिथि द्वितीया , १३:०८ बजे उप्रान्त तृतीया । नक्षत्र अनुराधा , ०९:२० बजे उप्रान्त ज्येष्ठा । योग परिघ , १२:३० बजे उप्रान्त शिव । करण गर १३:०८ बजेदेखि वणिज , २४:२१ बजे उप्रान्त वालव । चन्द्रराशि वृश्चिक । आनन्दादी योग अमृत । दिनमान ३३ घडी २२ पला । सूर्योदय ०५: २१ बजे । सूर्यास्त १८: ४२ बजे ।

विश्व रेडक्रस दिवस। कानुन दिवस। सर्वार्थसिद्धि योग १०:२७ बजेदेखि।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

आज स्वास्थ्यमा समस्या आउनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा भने सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।       

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सेवा र धार्मिक कार्यमा रुचि बढ्नेछ । कृषि क्षेत्रको काम अघी बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । अन्न लाभपनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।  

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आजको परिश्रमबाट पछि फाईदा मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कृषिको कारोवारबाट सफलता मिल्नेछ ।          

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रबाट केही राम्रो हुन सक्छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज कीर्ति वृद्धिका योग देखिन्छन् । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नजिकैको व्यक्तिसंग प्रविधि मार्फत भेटघाट हुनेछ ।   

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

गरेकोकाम आधुरै रहला । मालसामान हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला, तर सहकर्मीबाट सहयोग ममिल्नेछ ।  

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज रमणीय र सुखद् जीवनयात्राको योजना बन्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ ।           

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

महत्त्वपूर्ण कामको योजना र पुन: थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ, तर वैदेशिक क्षेत्र भने कमजोर नै रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल । ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर