Comments Add Comment

पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् , २०७७ वैशाख २४ गते को राशिफल

आजको पञ्चाङ्ग

बि.सं. २०७७ वैशाख २४ गते बुधवार ।  इ.सं. 06 May 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्वप्रमादीउत्तरायण वसन्त ऋृतु वैशाख शुक्लपक्ष तिथि चतुर्दशी , १९:२१ बजे उप्रान्त पूर्णिमा । नक्षत्र चित्रा , १३:२३ बजे उप्रान्त स्वाती । योग सिद्धि , २०:४६ बजे उप्रान्त व्यतीपात । करण गर ०८:३३ बजेदेखि वणिज , १९:२१ बजे उप्रान्त कौलव । चन्द्रराशि तुला । आनन्दादी योग काल । दिनमान ३३ घडी १३ पला । सूर्योदय ०५: २३ बजे । सूर्यास्त १८: ४० बजे ।

नृसिंह जयन्ती। स्याङ्जा, लसर्घास्थित आलम देवी पूजा। किरात समाज सुधार दिवस।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

धार्मिक कृत्यको योगछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । सामाजिक कार्यमा मन जानेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।     

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यवसायमापनि फाईदा होला ।       

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज दैनिक कार्यमापनि प्रगती हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । संचार र प्रविधि मार्फत आफन्तसंग भेटघाट रहनेछ ।   

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

वित्तिय संस्थाबाट सहयोग पाईन सक्छ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । समाजिक कार्यमा मन जानेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आफन्तको प्रगतिमा मन रमाउनसक्छ । विशिष्ट व्यक्तिको सहयोगपनि पाईनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सजक रहनु होला ।   

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज शुभकार्यको चर्चा चल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।     

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।           

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजनापनि बन्नेछ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

आज बन्न लागेको काम विग्रिनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भयपनि उत्तिकै रहनेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर