Comments Add Comment

क्लासिक टेक दशौं वर्षमा प्रवेश,यस्तो ल्यायो अफर

क्लासिक टेक प्रालिले सेवा विस्तार गरेको १० वर्ष पूरा भएको छ । विश्वकै जिपिओएन उत्कृष्ट प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनी नेपालको ७७ जिल्लामै नेटवर्क बिस्तार गरिसकेको छ ।

कम्पनीका २१ ओटा बढी शाखा छन् भने करिब ९०० जनाभन्दा वढी जनशक्ति कार्यरत छन् । कम्पनीसँग हाल १०० जिवीपीएसको फाईबर ब्याकबोन रहेको छ भने एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ ।

यसका साथैं गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ। सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम भएको छ ।

क्लासिक टेक प्रालिले दशौं बार्षिक उत्सवको उपलक्ष्यमा मात्र रु ४७१ प्रति महिनाको दरमा ५० एमविपिएस स्पीड को सेवा बजारमा ल्याएको छ। एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्ध सम्म गराउने भएकोले क्लासिक टेकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर