कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको कामलाई व्यवस्थित गर्न सरकारले शनिबारदेखि डाँफे हेल्थ डटकम वेबसाइट सञ्चालनमा ल्याएको छ ।

कोरोना भाइरस बारे सही जानकारी तथा सूचना उपलब्ध गराउनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारदेखि डेडिकेटेड वेबसाइट सञ्चालनमा ल्याएको हो । 

डाँफे हेल्थ डटकम वेबसाइटको कोभिड-१९ लर्निङ प्लाटफर्मबाट डाक्टर, स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रमा आबद्ध हुने व्यक्तिहरुलाई आवश्यक पर्ने ज्ञान तथा सीपको अनलाइन कोचिङ पनि  प्रदान गरिने छ ।

डाँफे हेल्थ डटकम वेबसाइट  आईमार्क डिजिटलसँगको सहकार्यमा तयार पारिएको हो । डाँफे हेल्थ डटकमको कोभिड-१९ अप्सनमा गएर युजर नेम र पासवर्ड बिना डाइरेक्ट  लगइन समेत गर्न सकिन्छ ।