Comments Add Comment

कोरोना संक्रमण रोकथाम कोषमा योगदान गर्न चाहनुहुन्छ ? यसरी गर्नुहोस्

काठमाडौं । यतिखेर कोरोना भाइरस (कोभिड-१९)विश्वभर महामारीको रुपमा फैलिएको छ । विश्वका १८९ देशमा फैलिसकेको यो रोग नियन्त्रणका लागि हरेक देशले अनेक प्रयास गरिरहेका छन् ।

नेपाल सरकारले समेत कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न प्रयासहरु जारी राखेको छ । संक्रमण फैलिन नदिन मुलुक नै लकडाउन गरेको सरकारले यसका लागि आवश्यक छुट्टै कोष समेत स्थापना गरेको छ ।

अहिले कोषमा प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु लगायत निजी क्षेत्रका व्यक्ति तथा संघ-संस्थाले समेत योगदान गर्न थालेका छन् । मंगलबार मात्रै निजी मोबाइल सेवा प्रदाय कम्पनी एनसेलले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ उपलब्ध गराइसकेको छ ।

यसै क्रममा नेपालकै पहिलो भुक्तानी सेवा प्रदायकको रुपमा रहेको ईसेवाले कोषमा आफ्नो तर्फबाट ५ लाख रुपैयाँ जम्ममा गर्दै छुट्टै खाता सञ्चालनमा ल्याएको छ । कोषको नाममा खोलिएको उक्त खातामा देशभरबाट जोकोहीले योगदान दिन सक्ने कम्पनीले जनाएको छ ।

माथि तस्विरमा दिइएको क्यूआर कोड स्क्यान गरेर तथा ईसेवाको आईडीबाट सोझै कोषको खातामा रकम जम्मा गर्न सकिनेछ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक टेस्टिङ किट तथा उपचार सामग्री जुटाउन मद्दत पुर्‍याउन ईसेवाले आफ्नो तर्फबाट ५ लाख उपलब्ध गराइसकेको जनाएको छ ।

खाजामा दान गरिएको रकम खुल्ला रुपमा सबैले हेर्न मिल्ने समेत बनाइएको छ । यो समाचार तयार पर्दासम्म कोषमा ५ लाख ९ हजार रुपैयाँ जम्मा भइसकेको थियो । दाताहरुलाई सहयोग रकम उपलब्ध गराए वापत सम्मान स्वरुप प्रमाणपत्र समेत उपलब्ध गराउने व्यवस्था ईसेवाले मिलाएको छ ।

खातामा पछिल्लो समयसम्म जम्ममा भएको रकम हेर्न तथा दान गर्न यहाँ क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर