Comments Add Comment

चीन र भारतको सीमा नाका एक हप्ताका लागि बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले छिमेकी मुलुक चीन र भारतको सीमा नाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि नाका बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँग जोडिएको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने बैठकले निर्णय हो । बैठकले ५० करोडको आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ । सवै मन्त्रीहरुको एक महिनाको तबल पनि कोषमा राखिने भएको छ । प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक आइतबार साँझ मन्त्रिपरिषद्को बैठक बसेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर