Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज २०७६ फागुन १६ गते शुक्रबारको राशिफल हेर्नुहोस्

Company Register

वि.सं. २०७६ फागुन १६। शुक्रबार। इ.स. २०२० फेब्रुवरी २८। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। पञ्चमी, २९:५६ उप्रान्त षष्ठी। नक्षत्र– अश्विनी, २५:२६ बजेउप्रान्त भरणी। योग– शुक्ल, ९:२८ बजेउप्रान्त ब्रह्म। करण– वव, १७:०४ बजेदेखि वालव, २९:५६ बजेउप्रान्त कौलव। आनन्दादिमा वज्र योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ६:३२ बजे, सूर्यास्त– १८:०२ बजे र दिनमान २८ घडी ५ पला। सर्वार्थसिद्धियोग २५:२६ बजेसम्म।

तपाइको आजको  राशीफल

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )
नयाँ कर्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मुल्याङन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक कार्य सफल रहनेछन । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य सम्पादनमा सहजता मिल्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । आत्मविश्वासपनि जाग्नेछ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनैतिक चिन्तन बढ्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
रमणीय र सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सामान हराउने योग छ । सहयोगी र नातागोताको साथ पाइँदैन । स्वास्थ्यमा खर्च बढ्नसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...