मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
|
आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक
यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । तिर्थाटनको योगपनि छ ।
|
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
|
गरेका कार्यमा ढिलासुस्ती हुनेछ । समयको सही सदुपयोग नहोला ।
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।
|
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
|
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट
विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।
|
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
|
कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ
। भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
|
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
|
आज पुनर्मिलनको योगपनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका
लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोगपनि मिल्ला ।
|
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
|
आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच
खिन्नता बढ्नेछ । मनमा निरासा र शरीरमा आलस्यपनि आउला ।
|
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
|
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ
। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
|
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
|
आज नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरु
अगाडी बढ्नेछन । मान प्रतिष्ठामा बृद्धि होला । धर्म,कर्ममा मन लाग्नेछ ।
|
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
|
आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ ।
श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
|
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
|
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी र प्रेमिकाका बिच
खिन्नता बढ्नेछ । मुद्दा मामिला आइलाग्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।
|
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
|
शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय
प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । सांस्कृतिक क्षेत्रमा
रुची बढ्नेछ ।
|
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
|
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
नयाँ वस्त्र, अलंकारको
प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा
चल्नेछ ।
|