| वि.सं. २०७६ माघ १४। मंगलबार। इ.स. २०२० जनवरी २८। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष। चतुर्थी, ३२:४२ उप्रान्त पञ्चमी। नक्षत्र– शतभिषा, ८:१० बजेउप्रान्त पूर्वभाद्रपदा। योग– परिघ, २६:३५ बजेउप्रान्त शिव। करण– वणिज, १९:३८ बजेदेखि भद्रा, ३२:४२ बजेउप्रान्त वव। आनन्दादिमा मृत्यु योग। चन्द्रराशि– कुम्भ, २८:०३ बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ६:५५ बजे, सूर्यास्त– १७:३९ बजे र दिनमान २६ घडी २ पला। पञ्चक। तिलकुन्द चतुर्थी। |
| आजको रासीफल |
| मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) |
| आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्या सुल्झाउन सकिनेछ । शुभकार्यको चर्चापनि चल्नेछ । |
| वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) |
| आज नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योगछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । सन्तान सुख मिल्नेछ । |
| मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) |
| आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । |
| कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) |
| शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ । |
| सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) |
| मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । |
| कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) |
| कहीँ–कतैबाट कुनै उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । |
| तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) |
| सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । |
| वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) |
| काममा अपेक्षाकृत सफलता हात पर्नेछ । आफन्त एवं इष्टमित्रसँग भेटघाट होला । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । |
| धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) |
| बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । |
| मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) |
| व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । चिन्ता हटेर मन हलुका हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । सुखद् यात्राको योग छ । |
| कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) |
| शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । व्यक्तिगत खुसीका लागि केही खर्च हुनेछ । |
| मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) |
| वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछ । |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




