2025-11-09 1:15 pm

आज २०७६ माघ ४ गते शनिबारको राशिफल हेर्नुहोस्

आजको पञ्चाङ्ग

वि.सं. २०७६ माघ ४। शनिबार। इ.स. २०२० जनवरी १८। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० पोहेलागा। माघ कृष्णपक्ष। अष्टमी, ८:५६ बजेदेखि नवमी, ३०:५४ उप्रान्त दशमी। नक्षत्र– स्वाती, २७:२५ बजेउप्रान्त विशाखा। योग– धृति, १५:५७ बजेउप्रान्त शूल। करण– कौलव, ८:५६ बजेदेखि तैतिल, १९:५४ बजेपछि गर, ३०:५४ बजेउप्रान्त वणिज। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– तुला। काठमाडौंमा सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:३१ बजे र दिनमान २६ घडी ४ पला। सर्वार्थसिद्धि योग २७:२५ बजेसम्म।
रासीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )
विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।

About the Author

Ad
Ad