रवि–बालेनबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति गरेका छन्।

आइतबार दुवै नेताबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिअनुसार रास्वपाको नाम, झण्डा तथा चुनाव चिन्ह यथावत् रहनेछ।

सम्झौताअनुसार रास्वपाको केन्द्रीय नेतृत्व रवि लामिछानेले सम्हाल्नेछन् भने आगामी निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि बढाइनेछ। बालेन शाह पार्टी राजनीतिमा सक्रिय हुने र आवश्यक परे मेयर पदबाट राजीनामा दिने संकेत पनि सहमतिपत्रमा गरिएको छ।

सहमति पत्रमा भ्रष्टाचार र कुशासनविरुद्ध जनआन्दोलनको अपनत्व, नीतिगत तथा संरचनागत सुधार, र नेपाललाई आगामी १० वर्षभित्र मध्यम आय भएको मुलुक बनाउने लक्ष्य समेटिएको छ। समानुपातिक उम्मेदवारहरू रास्वपामार्फत नै प्रतिस्पर्धा गर्ने र निर्वाचन आयोगमा पार्टीका कागजात छिट्टै अद्यावधिक गरिने जनाइएको छ।

यद्यपि, अन्य वैकल्पिक राजनीतिक शक्तिहरूसँगको एकता तथा उम्मेदवार व्यवस्थापनसम्बन्धी विस्तृत व्यवस्था भने सहमतिपत्रमा उल्लेख गरिएको छैन।

समाचार स्रोत: iconThahakhabar बाट साभार गरिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad