यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

पार्टी एकता रक्षाको निम्ति सबै इमान्दार बनौं : प्रवक्ता श्रेष्ठ


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाभित्रको विवाद समाधानका लागि सबैले एउटै कुरामा इमान्दार प्रतिबध्दता जनाउनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सकारात्मक सोचका साथ निष्कर्ष निकाल्नुपर्ने जनाएका हुन् ।

Advertisement
प्रवक्ता श्रेष्ठले जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुको चाहाना पूरा गर्ने कार्य कसैबाट हुन नजाओस् भन्ने आग्रह गरेका छन् । पार्टी एकताको पक्षमा दृढतापूर्वक लाग्नुपर्ने बताउँदै प्रवक्ता श्रेष्ठले आ(आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न समेत आग्रह गरेका छन् । उनले पार्टीको बैठक बसेर सबै पक्षहरुका बारेमा खुला छलफल गर्नुपर्ने धारणा राखेका छन् । व्यक्तिवाद,अहंकार ,आवेग र आक्रोशले समाधान नदिने बताउँदै देश,जनता ,श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सकारात्मक निष्कर्ष निकाल्नुपर्ने उनको धारणा छ ।