2025-11-19 10:32 am

‘नेपहपको श्रीपेच ३’को अडिसन खुला

काठमाडौँ — र्‍याप रियालिटी सो ‘नेपहपको श्रीपेच ३’ हुने घोषणा गरिएको छ । आयोजकले डिजिटल अडिसन पनि कात्तिक २५ सम्म खुल्ने आयोजकले जनाएको छ ।

भौतिक उपस्थितिमै पनि अडिसन हुने जनाइएको छ । डिजिटल अडिसनका लागि प्रतियोगीले डब्लुडब्लु डट नेपाली र्‍याप डटकममा आफ्नो भिडियो प्रस्तुति पठाउन सक्नेछन् । त्यस्तै ह्वाटसएपमार्फत पनि अडिसन दिन सकिने व्यवस्था गरिएको छ ।यसरी प्राप्त अडिसनबाटै निर्णायकले जज राउन्डमार्फत उत्कृष्ट प्रतियोगी चयन गर्ने जनाइएको छ ।

‘नेपहपको श्रीपेच ३’का विजेताले नगद १० लाख, वर्ल्ड टुरको अवसरसँगै प्राप्त गर्नेछन् । उपविजेताले भने नगद रु ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछ । ‘नेपहपको श्रीपेच’को पहिलो संस्करणको विजेता भाईबर साइमन हुन् । विजेता योङ वेभ भने दोस्रो सँस्करणका विजेता हुन् । दामी मिडियाको प्रस्तुति रहेको ‘नेपहपको श्रीपेच’को कन्सेप्ट तथा डिजाइन सुदीप पोखरेलले गरेका हुन् ।

अघिल्लो संस्करणमा मानस घले, गिरट्शठ खतिवडा र महेश तामाङ ‘दोङ’ निर्णायक थिए । यो सिजनका लागि मानस घले र गिरीश खतिवडाको नाम निर्णायकमा छ । तेस्रो निर्णायकबारे चाँडै जानकारी गराइने जनाएको छ । यो प्रतियोगिताको कार्यकारी निर्माताका रूपमा आदर्श विष्ट रहेका छन् भने निर्देशकट्यठ टिमको लिड विक्रम खनालले गर्दैछन् ।

समाचार स्रोत: iconEkantipur बाट साभार गरिएको हो।

About the Author

Ad
Ad