Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज लकडाउनको छैटौं दिन

Company Register

कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिन नदिन सरकारले लगाएको लकडाउनको आज छैटौं दिन । लकडाउन सफल भइरहे पनि उल्लंघनकर्ता भने उच्च नै छन् । 

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले पक्राउ गर्दै आएकोमा आइतबारदेखि भने जहाँ भेटिएको हो त्यहिँ उभ्याएर ब्रिफिङ्ग गरिने जानकारी दिएका छन् । अहिलेसम्म प्रहरीले उल्लंघन गर्नेलाई पक्राउ गरी केही समय बन्दी बनाउने गरेको थियो ।

Advertisement

तर पक्राउ गरेर गाडीमा हाल्दा संक्रमण फैलिने जोखिम हुने भएकाले आइतबारदेखि उल्लंघन गर्नेलाई जहाँ भेटियो त्यहिँ दुई घण्टासम्म राखिने र ब्रिफिङ्ग गरिने र आज पक्राउ परेकालाई सो कारवाही गरिएको पनि उनले जानकारी दिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...