बिहीबारदेखि निरन्तर भएको वर्षाका कारण बाघझोरामा सडक अवरुद्ध भएको छ । खोलाले बाटो छेकेपछि सो सडक भएर हेटौँडातर्फ तथा हेटौँडाबाट भिमफेदी, काठमाडौंतर्फ जाने सवारीहरु बाटैमा रोकिएका छन् ।

अहिले प्रहरीसहितको टोली बाटो खुलाउने प्रयासमा जुटेका छन् भने खोलामा बढेको पानीको बआवका कारण बाटो खुलाउन समस्या भईरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।

बाटो अवरुद्ध भएपछि सबैलाई फर्काईएको समेत एसपी सिंहले जानकारी दिए । असार साउनमा आउने बाढीले दैनिकजसो सडक अवरुद्ध हुँदा त्रिभुवन राजपथ र हेटौंडा कुलेखानी काठमाडौं सडकबाट ओहोरदोहोर गर्ने यात्रुहले यसरी नै सास्ती भोगिरहेका हुन्छन् ।