2025-12-05 8:03 pm

राष्ट्रपति ट्रम्पको ट्विटर अकाउन्ट सधैँका लागि बन्द

ट्विटरले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट सधैँका लागि बन्द गरिदिएको छ। हालै उनले अमेरिकी संसदमा हिंसा भड्काउने खालका भिडियो राखेका थिए। ट्रम्पले आगामी दिनहरुमा पनि त्यस्ता हिंसा भड्काउने कृयाकलाप गर्न सक्ने भन्दै ट्विटरले उनको अकाउन्ट स्थायी रुपमा बन्द गरिदिएको हो।

ट्विटरले लेखेको छ, ‘हालै राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका ट्विटको समीक्षा र घटना विचार गर्दा थप हिंसा भड्काउने जोखिम देखिएपछि हामीले उनको अकाउन्ट स्थायी रूपमै बन्द गरिदिएका छौँ।’  

यसअघि फेसबुकले पनि ट्रम्पको खाता अनिश्चितकालका लागि बन्द गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad