उज्बेकिस्तानको सिमानामा रहेको ताजकिस्तानको एक जाँचचौकीमा बुधवार बिहान सरकारी फौजको कारबाहीमा १५ जना लडाकू मारिएका छन् ।
उक्त झडपमा परी एक प्रहरी र एक सैनिक अधिकारीको पनि मृत्यु भएको जनाइएको छ । आक्रमण र त्यसपछिमा झडपमा सशस्त्र समूहका चार सदस्य पक्राउ परेका सुरक्षा स्रोतले जानकारी दिएको छ ।