मंगलबार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले सुचना जारी गर्दै आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको जानकारी गराएको हो। निगमका अनुसार पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर २ २ रुपैयाँ मूल्य बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ कायम हुनेछ । त्यस्तै डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम हुने निगमले जनाएको छ । त्यसैगरी हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने घटबढ नभएको जनाइएको छ ।