चर्चित गायक प्रकाश तामाङ्ग र गायिका जितु लोप्चनको नयाँ तामाङ्ग सेलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । तामसालिङ्ग टिभिको प्रस्तुतीमा “क्याम्साङ गैरीला नक्कली” भन्ने बोल गीतको म्युजिक भिडियो भर्खरै तामसालिङ्ग टिभिको युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

गीतमा प्रकाश तामाङ्ग र जितु लोप्चनले स्वर दिएका छन् भने म्युजिक भिडियोमा समेत प्रकाश र जितुको प्रस्तुती देख्न सकिने छ । उक्त गीतमा शब्द र संगित प्रकाश तामाङ्गकै रहेको छ भने एरेन्ज फनिन्द्र राई र मिक्सिङ्ग दिपेश प्रधानले गरेको छ । गायक प्रकाश तामाङ्गले आफ्नो फेसबुक स्टाटस मार्फत यस्तो भनेका छन् ‘ तपाईंहरुले टिक टक भिडियो बानाइ धेरै माया दिनु भएको र पूरा गित सुन्ने चाहाना गर्नु भएकोले, अहिले कोरोनाको संकटमा हामिले अफिसियल भिडियो ल्याउने चाहाना हुँदा हुँदै ल्याउने सम्भावना थिएन त्यसैले परिस्थिति लाई ध्यानमा राखी तपाईंहरुको मागलाई हामी गायक गायिकाले कभर गरि लिई आएका छौ ।’

भिडियो हेर्नुहोस्