
बझाङकी एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत आइतबार उद्दार गरिएको छ । जिल्लाको थलारा गाउँपालिका वडा नं ८ की २३ वर्षीया सरिता सिंहको हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । जिल्ला अस्पताल बझाङमा शनिबार सुत्केरी भएकी सरिताको अचानक पेट फुल्ने समस्या र पाठेघरमा रगत देखापरेपछि उनलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पठाइएको हो ।
जिल्ला अस्पतालका प्रमुख डा सन्दीप ओखेडाका अनुसार सिंहको पेट फुल्ने समस्या भएपछि तत्कालै सुर्खेतबाट राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरमार्फत कोहलपुर पठाइएको हो । सिंहको सानो आन्द्रामा गम्भीर सङ्क्रमण देखिएको उनले बताए ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






