Comments Add Comment

नेपाली महिला भलिबल टोलीद्वारा जापानी टोली पराजित

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को बन्द प्रशिक्षणमा रहेको नेपाली महिला भलिबल टोलीले जापानी जुनियर टाेली‍लाई पराजित गरेको छ । बिहीबार थाईल्याण्डमा भएको चौथो मैत्रिपूर्ण खेलमा नेपाली महिला टोलीले जापानको जुनियर टोलीलाई ३–१ को सोझो सेटमा पराजित गरेको हो ।

एसियाली प्रशिक्षण स्थलमा भएको खेलमा नेपाली महिला टोलीले जापानी टोलीलाई २५–१५, २०–२५, २५–१६ र २५–११ ले पराजित भएको हो । यसअघि नेपालले थाईल्याण्डको स्थानीय टिम जरानसानिवोङ र बैंकक युनिभर्सिटी यु–२३ टिमलाई समान ३–१ को सेटमा हराएको थियो । यस्तै, थाइल्याण्डको यु–२१ युथ टिमसँग ३–० को सोझो सेटमा पराजित भएको थियो भने शनिबार थाइल्याण्डको शीर्ष टिमसँग र बुधबार थाईल्याण्डकै युनिभर्सिटीको च्याम्पियन टिमसँग खेल्नेछ ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्ड गएको हो । थाईल्याण्डमा नेपालले ७ मैत्रीपूर्ण खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर