Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नवरात्रको छैटौँ दिन कात्यायिनीको पूजा गरिँदै

Company Register

नेपालीहरूको महान् चाँड बडा दसैँको आज छैटौँ दिन कात्यायिनी भगवतीको पूजा तथा अर्चना गरी मनाइँदै छ । आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुख, दरिद्र जस्ता सङ्कट नाश भई सुख, शान्तिसहित प्रगति पथमा अघि बढ्ने धार्मिक विश्वास रहेको पाइन्छ । 

Advertisement


माता कात्यायनी अमोघ फलदायनी भएकोले भगवान् कृष्णलाई पतिका रूपमा पाउन व्रजका गोपिनीहरूले यिनै कात्यायनी देवीको पूजा गरेका थिए भनिन्छ। चतुर्भुज रूप धारिणी कात्यायनी देवीको दाहिनेतर्फको माथिल्लो हात अभय मुद्रामा छ भने तल्लो हात वरमुद्रामा छ । देब्रेतर्फको माथिल्लो हातमा तरबार छ भने तल्लो हातमा कमल पुष्प सुशोभित छ । 

उनको भक्ति र उपासनाद्वारा अर्थ, धर्म, काम, मोक्षजस्ता चारवटै फलहरूको प्राप्ति गर्न विश्वास गरिन्छ । यसै लोकमा पनि अलौकिक तेज र प्रभायुक्त हुन पुग्दछ । रोग, शोक, भोक, सन्ताप, भय आदि सर्वथा विनष्ट भएर जान्छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...