काठमाडौं- आज देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा अहिले पश्चिमी निम्न चापिय प्रणालीको प्रभावले गर्दा देशभर आंशिक सामान्य बदली रही पश्चिम र मध्य भू-भागका केही स्थानमा हल्का वर्षा भएको छ।

आज शनिबार दिउँसो देशका पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जनाइएको छ । राति भने देशभरको मौसम सामान्यतया सफा रहने छ ।