काठमाण्डौं, मंसिर ४ – सिद्घार्थ बैंक लिमिटेडले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई प्रभावकारी सुविधा पु¥याउने उद्देश्यल आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको सिद्धार्थ बैंक लिमिटेड जनाएको छ ।
बैंकले हाल सोे सुविधा हात्तीसार शाखाबाट सुरू गरिएको छ । साथै आगामी दिनमा अन्य शाखाहरुमा पनि क्रमशस् बिस्तार गरिने जनाएको छ ।
चेक डिपोजिट मेसिन सञ्चालनमा आए पश्चात सेवाग्राहीहरूले ेछिटो र छरितो रुपमो चेक जम्मा गर्न सक्नेछन् । आधुनिक प्रविधियुक्त डिपोजिट मेसिनको प्रयोगबाट बैंकद्वारा प्रदान गरिने सुविधाहरू अझ सरल, सहजतथा छरितो हुनेछ । आगामी दिनमा पनि नयाँ प्रविधिलाई आत्मसात् गर्दै ग्राहकहरुलाई चुस्त र दुरुस्त रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले विभिन्न आधुनिक बैंकिङ्ग सेवाहरु थप रूपमा सञ्चालनम ाल्याउने विश्वास बैंकले लिएकोे छ ।
बैंकले देशभर १७२ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १८७ ATM र १,६०० भन्दा बढी POS मेसिन मार्फत् सहज बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।