
सीमा मिचिएको विरोधमा विद्यार्थीले काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दा प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ । अखिल (क्रान्तिकारी)को व्यानरमा स्कुल पढ्ने विद्यार्थीसमेत प्रदर्शनमा सहभागी थिए ।
महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले विद्यार्थीको भेषमा उच्छृंखल गतिविधि गर्ने मनसायले प्रदर्शन गरेकाले ३७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । ‘गलत मनसायले साना विद्यार्थीलाई समेत उचालेर ल्याएको हुनसक्ने देखियो,’ उनले भने, ‘उच्छृंखल गतिविधि गर्नेलाई पक्राउ गरेर छानबिन गरिरहेका छौं ।’
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






